बागमतीका भौतिक पूर्वाधार मन्त्री मास्केद्वारा एकैपटक चार आयोजनाको उद्घाटन – Nepal Press

बागमतीका भौतिक पूर्वाधार मन्त्री मास्केद्वारा एकैपटक चार आयोजनाको उद्घाटन

काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले एकैपल्ट चारवटा आयोजनाको उद्घाटन गरेका छन् ।

मन्त्रालयले निमार्ण गरेको सिन्धुली–भिमस्थान, चकमके–उदयपुर कटारी सडक, लङ्गर खोला पक्की पुल, नेपाल रेडक्रश सोसाइटी वेलघारी उपशाखा भवन र भिमस्थान बेलघारी शहरी सडकको उद्घाटन गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुली र शहरी विकास तथा भवन कार्यालय सिन्धुली अन्र्तगत निमार्ण सम्पन्न भएको लङ्गुर खोला पक्की पुल निमार्ण अन्र्तगत ४ करोड २२ लाखको लागतमा पुल निमार्ण सम्पन्न भएको हो ।

त्यस्तै, सिन्धुली–भिमस्थान, चकमके–कटारी सडक ९ करोड ५६ लाख सम्पन्न भएको छ । भने, नेपाल रेडक्रस सोसाइटी वेलघारी उपशाखा भवन ६५ लाख रुपैया लागतमा सम्पन्न भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले प्रदेश सरकार निरन्तर जनताको मर्म अनुरुपको काममा रहेको बताए ।

उनले भने, ‘हामी विकास निर्माणका काममा तल्लीन छौँ । सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र मन्त्रालयको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ ।’

कार्यक्रममा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि र स्थानिय बासीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर