अर्थ समितिमा आएका विधेयकबारे व्यापक छलफल नभए नकारात्मक असर पर्छ : चालिसे
काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थ समितिमा आइपुगेका विधेयकबारे व्यापक छलफल भएन भने त्यसले नकारात्मक असर पार्ने बताएका छन् । बिहीबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाल धितोपत्र सम्बन्धी विधेयक अर्थ समितिमा आइपुगेको छ । यसमा व्यापक छलफल गर्न जरुरी छ’, कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले अर्थ समितिमा ५ वटा विधेयक आएर बसेका छन् । यी महत्त्वपूर्ण विधेयकहरू हुन् । यी विधेयकलाई चानचुने हिसाबले पास गरेको खण्डमा त्यसले सकारात्मकभन्दा नकारात्मक दिशा पक्रिन्छ ।’ यी विधेयकहरूमा सम्बन्धित विज्ञहरूसँग व्यापक छलफल गर्न जरुरी रहेको छ ।
ऋण लिएकाहरूले तिर्न नसकिरहेको अवस्था रहेको बताउँदै उनले अगाडी भने, ‘अहिले बैंकहरुमा पैसैपैसा छ । तर बजार चलायमान छैन । ब्याजदर घटेको घट्यै गर्दा समेत बैंकहरुमा ऋण लिन गएका छैनन् । निर्माणको काम हुन सकेको छैन । घरजग्गाको कारोबार भएको छैन ।’
लामो समयदेखि उद्योगधन्दा चलाइरहेका उद्योगीहरू धरासायी भए, उनीहरू निराश भएभने राज्य अगाडि बढ्न नसक्ने उनको तर्क छ ।
सुरक्षित कारोबार गर्नका लागि कस्तो भूमिका खेल्नु पर्छ भन्नेमा आफू सधैँ तत्पर रहेको समेत उनले प्रतिबद्धता जनाए ।
खोइ त छलफल गराएको ? सरोकारवालासँग मोलमलाई चल्दै छ कि के हो ? नत्र आफ्ना बैठकै राख्न नसक्ने सरकारका कुरा काटदै हिडने । लाज नभएकाहरू ।