उपनिर्वाचनमा ३७ उम्मेदवारले आफैंलाई हालेनन् भोट (सूचीसहित)
१९ जनालाई एक मात्र भोट
काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिका ३७ जनाले आफैंलाई भोट नहालेको पाइएको छ । निर्वाचन आयोगको विवरणअनुसार उनीहरुले शून्य मत प्राप्त गरेका छन् ।
आफैंलाई भोट नहाल्ने र अरुले पनि नपत्याएका उम्मेदवारहरु अधिकांश सबै स्वतन्त्र हुन् । मधेश प्रदेश अन्तरगत धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का ७ जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए । आफूले पनि आफूलाई भोट नहाल्ने यी उम्मेदवारहरु हुन्– विशेश्वर मण्डल, संजयकुमार यादव, हुकुमा सिंह, रविकुमार मण्डल, नरेश सदा, विनोद मण्डल र रंजितकुमार यादव ।
यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का ९ जना स्वतन्त्र उम्मेदवारको पनि शून्य मत आएको छ । यी उम्मेदवारमा रामऔचार यादव, विजयकुमार सिंह, मोहम्मद इमामुदिनखाँ, राकेशकुमार यादव, गंगाप्रसाद यादव, नजामुद्दिन खाँ, राजदेव यादव, मोहम्मद अरमान रजाखाँ र मुकेश्वर ठाकुर रहेका छन् ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ का स्वतन्त्र उम्मेदवार शेख अमानुलाल, शेख शकिल र सफदर ईमामले पनि शून्य मत ल्याएका छन् । रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ८ का स्वतन्त्र ७ जना उम्मेदवारले पनि आफुलाई मतदान गरेनन् ।
जसमा अनिलकुमार यादव, चन्द्रीकाप्रसाद यादव, रामसागरराय यादव, नारेन्द्र ठाकुर, रामविधार्थ जैयसवाल, रामविश्वासराय यादव र श्रीश्यामप्रसाद यादव रहेका छन् । रौतटहकै राजपुर नगरपालिका वडा नम्बर ६ का ३ जना स्वतन्त्र वडा अध्यक्षका उम्मेदवारले पनि आफुलाई मतदान गरेनन् । जसमा सफि उल्लाह, साहिदप्रवेज मंसुरी र शेखमहोमद मुस्ताक रहेका छन् ।
बागमती प्रदेशमा नुवाकोटको ककगी गाउँपाकिला वडा नम्बर २ का वडा अध्यक्षका २ जना स्वतन्त्र उम्मेदवारलाई शून्य मत आएको छ । जसमा रमेश पुडासैनी र विक्रम चित्रकार रहेका छन् ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षका उम्मेदवार अर्जुन घलान, लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार पोमानन्द खरेल र कुलबहादुर थापा तथा कपिलबस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार अब्दुल मुयीदमु, सर्वजीत मल्लाह, रमेशकुमार पाण्डे र पुजारी थारुले पनि आफुलाई मतदान नगरेपछि शून्य मत भएको छ ।
उपचुनावमा १९ जना उम्मेदवारले एक मत मात्रै प्राप्त गरेका छन् । या त यो मत उनीहरुको आफ्नै हो, अथवा उनीहरुले पनि आफूलाई मतदान गरेनन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र बहुजन एकता पार्टीका वडा अध्यक्षका एक–एक उम्मेदवारले एक मत ल्याएका छन् ।
कोशी प्रदेशमा सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ का नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जेजनारायण मुसहर, बामगती प्रदेशमा कीर्तिपुर नगरपालिका वडा नम्बर १२ मा नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षका उम्मेदवार फुलमाया तितुङ र मधेश प्रदेशमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का बहुजन एकता पार्टीका उम्मेदवार प्रमिलाकुमारी सदाले एक–एक मत मात्रै प्राप्त गरेका हुन् ।
यस्तै एक–एक मत मात्रै प्राप्त गर्नेमा दोलखाको गौरिशंकर गाउँपालिकाका ४ जना उपाध्यक्षका उम्मेदवार पनि रहेका छन् । पालिकाका उपाध्यक्षका स्वतन्त्र उम्मेदवार मधुरा कार्की, पुष्प कार्की, अप्सरा विश्वकर्मा र दिपक तामाङले एक–एक मत मात्रै प्राप्त गरेका हुन् ।
यस्तै एक–एक मत मात्रै प्राप्त गर्नेमा मधेश प्रदेशमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार दिलिपकुमार ठाकुर र विनोदकुमार यादव रहेका छन् भने मधेश प्रदेशकै महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार धिरेन्द्रप्रसाद यादव र अशोकुमार यादव रहेका छन् ।
यस्तै रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार शेख बुजैर र शेख नजिरुल रहेका छन् । रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार शेख अतिउल्लाह र नजमा खातुन रहेका छन् ।
बागमती प्रदेशमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार सोनु तामाङ, काठमाडौंको किर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार कृष्णहरी खड्काले पनि एक मत मात्रै प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार योगन्द्र खरेल, कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार अब्दुलअब्बल फकिरले पनि एक–एक मत मात्रै प्राप्त गरका छन् ।
यस्ताे छ सूची: