क्रान्तिकारीको सम्मेलनमा माओवादीको हस्तक्षेप, षड्यन्त्र गरिएको भन्दै विद्यार्थी नेताहरु असन्तुष्ट – Nepal Press

क्रान्तिकारीको सम्मेलनमा माओवादीको हस्तक्षेप, षड्यन्त्र गरिएको भन्दै विद्यार्थी नेताहरु असन्तुष्ट

उमेर हदबारे स्थायी कमिटीले कस्तो बनाउला मोडालिटी ?

काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा पार्टीले हस्तक्षेप गरेपछि विद्यार्थी नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गरेपछि विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो । उमेर हदको विवादले सम्मेलन स्थलमा तोडफोड र कुर्सी हानाहानसम्मको स्थिति भएको थियो ।

तर, प्रतिनिधिको विषयमा टुंग्याएर मात्रै सम्मेलनको बाँकी काम अघि बढ्नेगरी स्थगित भएको सचिव दिनानाथ शर्माले बताए ।

राष्ट्रिय सम्मेलनको अध्यक्ष मण्डल, संगठनको फ्याक्सन इन्चार्ज र निर्वाचन आयोग बसेर प्रतिनिधिको टुंगो लगाउन निर्देशन दिएको उनले उनको भनाइ छ ।

तर, पार्टीको यो निर्णयप्रति अखिल (क्रान्तिकारी) निवर्तमान उपाध्यक्ष केशव रावल पार्टी पदाधिकारी बैठकले हस्तक्षेप गरेको अधिकार प्रतिनिधिलाई फिर्ता गर्नुपर्ने बताए । रावलसहित तीन नेता सम्मेलनको सुनिश्चिता खोज्दै पार्टी केन्द्रीय कार्यालयमा अनसन समेत बसेका थिए । उनीहरुसँग तोकिएकै समयमा सम्मेलन गर्ने र नेतृत्व चयनमा निर्वाचन नै गराउने सहमति भएको थियो ।

तर, त्यो सहमति विपरित पार्टीले निर्णय गरेपछि उनले भने, ‘२०–२५ वर्षसम्म निरन्तर काम गर्दा पनि आफ्नै पार्टीभित्र संगठनभित्र नेतृत्व चुन्ने र चुनिन पाउने अधिकार प्राप्त गरेका छैनौं । हाम्रो अधिकार खोज्न कहाँ जाने ? कोसँग अधिकार माग्न जाने ? हामी क्रान्तिकारी क्याडर हौं कि दास ? नीति, नियम, विधान भित्र रहेर चुन्न र चुनिन किन नपाउने ?’

२३ सय प्रतिनिधिको अधिकारमा आफ्नै पार्टी नेतृत्वबाट हस्तक्षेप भएको उनको भनाइ छ ।

उनले थपे, ‘हजार÷१२ सय प्रतिनिधि केन्द्रीय समितिका विभिन्न पदका आकांक्षाहरू हुनुहुन्छ। उहाँहरूको राजनीतिक जीवनको वेवास्था, कत्लेआम, अत्याचारको षड्यन्त्र र तावावाना बुनिएको छ । केही नेताहरूको नजिक भएकालाई मात्रै केन्द्रीय कमिटीमा मनोनित गर्ने उदेश्यका साथ विभिन्न बाहाना बनाएर राष्ट्रिय सम्मेलन कोल्याप्स गर्न खोजिएको छ। सम्मेलनलाई बन्धक बनाउने, नेता कार्यकर्तालाई थप अन्योल सिर्जना गर्ने निर्णय भएको छ ।’

विद्यार्थी सम्मेलनको कुरा पार्टी स्थायी कमिटीमा लगिरहनुपर्ने विषय नभएको बताए ।

उनले थपे, ‘पार्टी पदाधिकारी बैठकले असोज १०–१४ को सम्मेलनमा अध्यक्ष कसलाई, कसले, कसको बनाउने भन्ने कुरा टुङ्गो नलाग्दाखेरि उमेर हदको विषय प्रवेश गराएर विवाद सिर्जना गराइ सम्मेलन स्थगित भएको प्रष्टै छ। स्थगित बन्दसत्र सम्पन्न गर्न दिनुस् ।’

उनले चुनावबाट निर्वाचित केन्द्रीय समिति बनाई नयाँ विद्यार्थीलाई क्रान्तिकारीमा गोलवन्द गर्ने, क्रान्तिकारी नयाँ आशा भर्ने उनको भनाइ छ । विद्यार्थी नेताहरुले असन्तुष्टि जनाइरहे पनि अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थीको हलले मोडालिटीबारे निर्णय गर्न नसकेपछि पार्टीले निर्णय गर्न स्थगित गरेको बताए ।

उनले भने, ‘मोडालिटीबारे छलफल गर्नको लागि तत्काललाई स्थगित गरिएको हो। पार्टीको २७ गतेको स्थायी कमिटीको बैठकले माडालिटी टुंग्याउने कुरा भएको छ। उमेद हद लगाउने कि नलगाउने भन्ने बिषयमा पार्टी निर्णय गरेपछि अघि बढ्छ ।’

उनले सुरुवातदेखि नै पार्टी नेतृत्व उमेर हद लगाउनुपर्छ भन्नेमा रहेको बताए ।

उनले थपे, ‘यो विषयमा पार्टी नेतृत्वले हस्तक्षेप नगरी निर्वाचनबाट टुंग्याउन भन्दा उनीहरुले मानेनन् । अब यो बिषयमा पार्टीले नै टुंग्याउँछ, उमेद हद लगाउने भएपनि लगाउने भए त्यही अनुसार निर्णय हुन्छ ।’

उनले अब सम्मेलनको बाँकी काम नेतृत्व छनोट मात्रै भएकाले पार्टीले मोडालिटी टुंग्याएपछि प्रक्रिया अघि बढ्ने बताए । उनले पहिलाको जस्तो पार्टी नेतृत्वले अखिलको पदाधिकारी तोक्ने काम नगर्ने जिकिर गरे ।

माओवादीका कतिपय नेताहरुले विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गर्ने अवसर गुमाइसकेको भन्दै पार्टीले नै नेतृत्व तोक्ने बताउँदै आइरहेका छन् । तर, यो कुरामा विद्यार्थीहरु सहमत छैनन् ।

अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि पवन कार्की, दीपेश पुन, मदन भुल, नरेश रेग्मी, केशव रावल, जीपी मैनालीलगायतले आकांक्षा राखेका छन् ।

आकांक्षीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलगायतले आफूअनुकुलको नेतृत्व ल्याउन अध्यक्ष प्रचण्डसँग पहल गरेपछि सम्मेलन गिजोलिन पुगेको थियो ।

 


प्रतिक्रिया

One thought on “क्रान्तिकारीको सम्मेलनमा माओवादीको हस्तक्षेप, षड्यन्त्र गरिएको भन्दै विद्यार्थी नेताहरु असन्तुष्ट

  1. यो कुनै पार्टी नै होईन नि । यो त देशभक्त नेपालीलाई सखाप पार्न भारतले खडा गरेको सिखण्डी हो । अब यसले ओलि सरकार विरूद्व तमासा देखाउँछ हेर्नुहोला किनकी दिल्लीले यिनलाई किन चुप लागेर बसेको ? ओलिले बिआरआईमा सही गरिसके भनेर हप्काईसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर