एनपीएल: टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै काठमाडौं गुर्खाज – Nepal Press

एनपीएल: टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै काठमाडौं गुर्खाज

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम राेयल्सविरुद्ध काठमाडौं गुर्खाजले बलिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा काठमाडाैंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

काठमाडाैं र सुदूरपश्चिम दुवै लगातार दाेस्राे जितको खाेजीमा हुनेछन् ।

जारी प्रतियोगितामा काठमाडौं गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौंले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ ।

काठमाडौं गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो । त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो ।

पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *