उमेर हद विवादमा अल्झिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित – Nepal Press

उमेर हद विवादमा अल्झिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो।

असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो।
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिहरुको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको सचिव दिनानाथ शर्माले बताए।

उनले भने, ‘२३ गतेसम्म प्रतिनिधिहरुको छानविन गरेर नसकिने भएकाले इन्चार्ज र विद्यार्थी प्रतिनिधिहरु बसेर सबै जिल्लाको प्रतिनिधिहरुको टुंग्याउँछन्। जिल्लामा पार्टीका प्रतिनिधिहरुसँग छलफल गरेर यकिन गरेर मात्रै मिति तोक्छ। प्रतिनिधिको बिषयमा नटुंग्याइ अर्को मिति तोक्दा फेरि त्यही समस्या आउाछ। प्रतिनिधिको फाइनल गरेलगत्तै मिति तोकिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर