जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखराको दोस्रो हार
नेपाल प्रेस
२०८१ मंसिर २० गते १२:०७
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।
जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए ।
बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १-१ विकेट लिए ।
यो पोखराको दोस्रो हार हो । पहिले खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर