नेताहरूको कार्यविभाजन गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक – Nepal Press

नेताहरूको कार्यविभाजन गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ। मंसिर २६ र २७ गते बस्ने गरी बैठक बोलाइएको उपमहासचिव राजकुमार भट्टराईले बताए।

बैठकमा नेताहरूको कार्य विभाजनबारे निर्णय लिने जनाइएको छ।

असारमा महाधिवेशन गरेको नेकपा एसले अझै नेताहरूको कार्य विभाजन टुंग्याउन सकेको छैन।

विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्नको लागि अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल नै बनाएर काम गरिरहे पनि सहमति जुट्न सकेको छैन।

बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर