यू-१९ एसिया कप : नेपालको धारिलो बलिङसामु अफगानिस्तानको ब्याटिङ धराशायी – Nepal Press

यू-१९ एसिया कप : नेपालको धारिलो बलिङसामु अफगानिस्तानको ब्याटिङ धराशायी

काठमाडौं । युएईमा जारी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

एसिया कपको तेस्रो खेलमा नेपाल अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको हो ।

अफगानिस्तानले २९ ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको छ । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका छैनन् ।

बलिङमा नेपालका युनिस ठकुरीले ३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र सन्तोष यादवले एक विकेट लिएका छन् । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइलन दौडबाट भने बाहिरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *