ग्रामथानमा माओवादीले अग्रता बढाउँदै

२०८१ मंसिर १७ गते ६:३२

विराटनगर । मोरङको ग्रामथानमा माओवादीका उम्मेदवार नमोनारायण माझीले अग्रता बढाउँदै लगेका छन् ।
उनले ५हजार ६ सय ७ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका बलराम सरदारले पच्छाएका छन् । तेस्रो स्थानमा एमाले छ । कांग्रेसले ४ हजार १६७ र एमालेका तुलसीराम माझीले २७४१ मत पाएका छन् ।
यस अघि २०७९ को निर्वाचनमा ग्रामथानमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए ।
अहिलेसम्म १४ हजार २९ मतगणना सकिएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए । १८ हजार ५७८ मत खसेकोमा अव ४ हजार ५४९ मतगणना बाँकी छ । हालसम्म २६५ मत बदर भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर