माओवादीले जित्यो त्रियुगा १२, कांग्रेस तेस्रो

२०८१ मंसिर १७ गते ४:३४

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनमा माओवादी केन्द्रले जित हात पारेको छ । माओवादी केन्द्रका उम्मेदवार नविन कुमार वान्तवा राई ९२३ मतसहित विजयी भएका छन् । राईका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीनाराण चौधरीले ६०८ मत प्राप्त गरे भने कांग्रेसका सन्जिव काफ्लेले ३५९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ मा कांग्रेसले जितेको यो वडामा उपनिर्वाचनमा कांग्रेस तेस्रो भएको छ ।
प्रतिक्रिया