कञ्चनपुरको भीमदत्त ६ मा कांग्रेस विजयी – Nepal Press

कञ्चनपुरको भीमदत्त ६ मा कांग्रेस विजयी

कैलाली  । कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी  भएका छन् । नेकपा एमालेका उम्मेदवार बहादुर चन्द लाई ६ सय २० मतको पछि पार्दै कांग्रेस उम्मेदवार  प्रकाश चन्द वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

२ हजार ९ सय ९१ मत  मध्ये उनले १ हजार१०७ मत पाएका थिए भने एमाले उम्मेदवार चन्दले ४८७ मत पाएका थिए । राप्रपाका सुनिल कुमार भट्ट तेस्रो भए । उनले ३६९ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर