कञ्चनपुरको भीमदत्त ६ मा कांग्रेसको अग्रता कायमै – Nepal Press

कञ्चनपुरको भीमदत्त ६ मा कांग्रेसको अग्रता कायमै

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले सुरुबाटै अग्रता बनाइरहेको छ ।
२ हजार ९ सय ९१ मत खसेको मध्ये अहिलेसम्म २ हजार ३ मत गणना भएको छ । अहिलेसम्म कांग्रेस उम्मेदवार प्रकाश चन्द ७३३ मतसहित अगाडी छन् ।  नेकपा एमालेका  बहादुर चन्दले ३४३ मत पाएका छन् । माओवादी केन्द्रका नाना राम कोलीले ८६ मत पाउँदा
राष्ट्रिय स्वतन्त्र पार्टीका राम दत्त भट्टले १३८ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी का सुशील कुमार भट्टले २६३ मत, जनमतका यादव बहादुर चन्दले ५ , नेकपा एकीकृत समाजवादी)का जितेन्द्र बहादुर चन्दले १४५ मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका हरिस डगौराले ६९, नेपाल मजदुर किसान पार्टीका दल बहादुर बोहराले ८, राप्रपा नेपालका दिल बहादुर धामीले १७
स्वतन्त्र थानेश्वर लेखकले ९८ अर्का स्वतन्त्र युवराज चन्दले ६४ मत पाएका छन् । ३४ मत बदर भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर