हेटौंडा १२ अपडेट : ३ हजार ४७ मत गन्दा काङ्ग्रेस अगाडि – Nepal Press

हेटौंडा १२ अपडेट : ३ हजार ४७ मत गन्दा काङ्ग्रेस अगाडि

हेटौंडा । स्थानीय तह उप निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को मतगणना जारी छ ।

हालसम्म ३ हजार ४७ मत गन्दा नेपाली काङ्ग्रेसले अग्रता हासिल गरेको छ । कुल खसेको ५ हजार ४ सय ८४ मतमा काङ्ग्रेस उम्मेदवार अर्जुन तिवारीले ११२४ मत ल्याएका छन् ।

दोस्रो स्थानमा माओवादी केन्द्रका रविन कुमार प्रधान छन् । उनले ८ सय ६१ मत ल्याउँदा तेस्रो स्थानमा एमाले उम्मेदवार राजेश नगरकोटीले ७ सय ९५ मत ल्याए ।

अन्य उम्मेदवारहरू राप्रपाका प्रेमबहादुर भुलले ९६ र रास्वपाका  आशाबिर बलले ५२ मत ल्याएका छन् ।  कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको हो । एक जना वडाध्यक्षको लागि भएको मतदानमा १२ जना उम्मेदवार मैदानमा छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर