महोत्तरीको रामगोपालपुर २ को वडाध्यक्षमा एमालेका खाँ विजयी


जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवार सकिवुल खाँ विजयी भएका छन् ।
एमालेका खाले ६ सय ३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी आरतीदेवी यादव ५ सय ३४ मत पाइन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् ।
उपनिर्वाचनमा कुल मतदातामध्ये १ हजार ५१४ (७०.७१) मत खसेको थियो । वडाध्यक्ष मुकेश यादवको दुर्घटनामा मृत्यू भएपछि सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन भएको हो ।
वडाध्यक्ष मुकेश नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उपनिर्वाचनमा उनकै श्रीमतीलाई माओवादीले उम्मेदवार बनाएपनि उनी पराजित भएकी हुन् ।