गुल्मीको मुसिकोट १ र कपिलवस्तुको शुद्धोदनमा मतगणना सुरु  – Nepal Press

गुल्मीको मुसिकोट १ र कपिलवस्तुको शुद्धोदनमा मतगणना सुरु 

रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका–१ कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नं १ मा मतगणना सुरु भएको छ । दुवै स्थानमा आइतबार बेलुका सवा ९ बजेदेखि मतगणना सुरु भएको हो ।
मुसिकोटको वडा नं १ को कार्यालय पौदी अमराइमा मतगणना सुरु भएको निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए । मुसिकोट९१ को वडाध्यक्षको उपनिर्वाचनमा ५७ दशमलव ०५ प्रतिशत मत खसेको थियो । उक्त वडामा ४ हजार ९१ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा २ हजार ३३४ मत खसेको घिमिरेले बताए ।
वडाध्यक्ष पदका लागि आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रिक्त वडाध्यक्षका लागि नेपाली कांग्रेसका आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रका दुर्गाबहादुर बिक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विकास थापा, राप्रपाबाट ईश्वरी खाती तथा स्वतन्त्रतर्फ पोमानन्द खरेल, कुलबहादुर थापा र योगेन्द्र खरेलका बिच चुनावी प्रतिस्पर्धा भएको छ ।
नेकपा ९एकीकृत समाजवादी०ले माओवादी उम्मेदवार विकलाई समर्थन गरेको थियो । उक्त वडामा यसअघि कांग्रेसले वडाध्यक्ष जितेको थियो । निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि रिक्त पदका लागि उपचुनाव भएको हो । मतगणनाको नतिजा आजै सार्वजनिक हुने निर्वाचन अधिकृत घिमिरेले बताए । यसैगरी कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनको मतगणनाका सुरु भएको छ ।
सोहसास्थित पतरिया स्वास्थ्य चौकीको माथिल्लो सभाकक्षमा मतगणनाको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए । सुरक्षाको सबै प्रबन्ध गरेर तार जाली लगाई ५ वटा सिसी क्यामरा लगाइएको छ । मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिलाई मात्र प्रवेश दिने बताइएको छ । राति २ बजेसम्म नतिजा आइसक्ने बताइएको छ । निर्वाचनमा १० जना दलका र ४ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शुद्धोदन–१ को वडाध्यक्ष पदको उपनिर्वाचनमा ६९ दशमलव ४१ प्रतिशत मत खसेको छ । ४ हजार ८ सय ६८ मतदाता रहेकामा १ हजार ६ सय ६६ पुरुष र १ हजार ७ सय १३ महिला गरी ३ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर