पूर्वीचौकी गाउँपालिका-६ मा कांग्रेसका मोहन थापा विजयी – Nepal Press

पूर्वीचौकी गाउँपालिका-६ मा कांग्रेसका मोहन थापा विजयी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् ।

थापाले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मतमै चित्त बुझाउनु पर्यो । २०७४ सालको निर्वाचनमा सोही पदमा देवबहादुरले मोहनलाइ हराएका थिए ।

चुनावी मैदानमा रहेका रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे ।

१५९३ मतदाता रहेको यस वडामा ८३९ मत खसेको थियो। १३ मत बदर भएका छन् ।

२०७९ निर्वाचनमा यो वडामा कांग्रेसलेनै विजयी प्राप्त गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर