ओखलढुंगाको मोलुङ-५ मा एमाले विजयी, गुम्यो कांग्रेसको विरासत – Nepal Press

ओखलढुंगाको मोलुङ-५ मा एमाले विजयी, गुम्यो कांग्रेसको विरासत

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ ।

वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् ।

२०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो ।

एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको क्षेत्र भएपनि पहिलोपटक एमाले विजयी बनेको हो ।

उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् ।

७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर