लाहामा बिजुली गएपछि त्रिपुरासुन्दरी-५ काे मतगणना भोलि

२०८१ मंसिर १६ गते २०:१६

काठमाडौं । मतगणना तयारी हुँदाहुँदै मतगणनास्थल लाहामा विद्युत आपूर्ति अवरुद्ध भएपछि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ ।
मतगणना स्थलबाट भर्खरै सदरमुकाम दुनै पुगेका पत्रकार महासंघका सचिव लेखबहादुर बुढाका अनुसार गणनाको अन्तिम तयारी हुँदा विद्युत आपूर्ति अवरुद्ध भयो । सर्वदलीय सहमतिअनुसार भोलि विहानदेखि मतगणना हुने भएको छ ।
त्यहाँ ३०३ मतदाताले मतदान गरेका छन् । एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएपछि माओवादी, नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर