कीर्तिपुरमा मतपेटिका ल्याइयो : सर्वदलीय बैठक जारी, १० बजेबाट मतगणना

२०८१ मंसिर १६ गते १९:०१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि भएको स्थानीय तह उपनिर्वाचनको मतगणना आजै सुरु गरिने भएकाे छ । मतदानस्थलबाट उपनिर्वाचनको मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठक बसिरहेकाे मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए ।
‘१० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । यसपछि खाना खाएर गणना सुरु हुन्छ’, उनले भने । उनका अनुसार गणना शुरु हुँदा रातको १० बज्न सक्छ ।
कीतिपुरमा ३१ हजार ११९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर