काठमाडौं–१६ मा सर्वदलिय बैठक जारी, आजै मतगणना थाल्ने तयारी – Nepal Press

काठमाडौं–१६ मा सर्वदलिय बैठक जारी, आजै मतगणना थाल्ने तयारी

काठमाडौं । उपनिर्वाचन सम्पन्न भएको काठमाडौं १६ नम्बर वडामा आजै मतगणना थाल्ने तयारी भएको छ । सबै मतपेटिकाहरु मतगणना स्थलमा ओसारिएको छ ।

बालाजु चमति स्थित वडा नम्बर १६ को कार्यालयमा मतगणना गर्न लागिएको हो । अहिले सर्वदलीय बैठक चलिरहेको छ । निर्वाचन आयोगका अनुसार यस वडामा आज सबैभन्दा कम मत खसेको थियो ।

कांग्रेसले जितेको यस वडामा वडाध्यक्षको निधन भएका कारण उपनिर्वाचन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर