एक महिनामै जीवन बीमा कम्पनीहरूले उठाए १२ अर्ब बीमा शुल्क


काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले एक महिनामै १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् ।
गत कात्तिक महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले १२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जसका लागि उनीहरूले तीन लाख ४३ हजार २३५ वटा बीमालेख बिक्री गरेका थिए ।
चालू आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक)सम्म जीवन बीमा कम्पनीहरूले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छन् । उक्त शुल्क प्रथम बीमाशुल्कबाट ९ अर्ब ७९ करोड ४६ लाख, वैदेशिक रोजगार बीमाशुल्कबाट ९१ करोड ९ लाख र नवीकरण बीमाशुल्कबाट ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ संकलन भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार गएको कात्तिक महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ३७ करोड ११ लाख बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब १४ करोड ५४ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४१ करोड ८० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ अर्ब ४८ करोड २९ लाख र मेट लाइफले ४३ करोड ३०९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७० करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड १६ लाख रुपैयाँ शुल्क संकलन गरेको छ । गएको कात्तिक महिनामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३४ करोड ८७ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ४४ करोड ८९ लाख संकलन गर्दा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड १९ लाख बीमाशुल्क संकलन गरेका छन् ।
त्यसैगरि यस अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४८ करोड ७२ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड १८ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ३८ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
गएको कात्तिक महिनामा लघु बीमक कम्पनीहरूले १ अर्ब १६ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।