उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो, सबैभन्दा कम काठमाडाैं १६ मा – Nepal Press

उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो, सबैभन्दा कम काठमाडाैं १६ मा

काठमाडौं । रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन सम्पन्न भएको छ ।

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको नर्वाचन आयोगले जनाएको हो ।

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर