मधेशको विकास एमालेले मात्रै गर्न सक्छ : एमाले प्रदेश सचिव पौडेल


काठमाडौं । नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले मधेशको विकास नेकपा एमाले नेतृत्वको सरकारको पालामा भएको औंल्याएका छन् ।
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीको विस्तारित बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
उनले हुलाकी मार्ग निर्माणको काम, मधेशका सदरमुकामसँग जोड्ने सडक चार लेनको बनाउने, सिचाई लगायतका योजनामा एमालेले बजेट विनियोजन गरेको र त्यसै अनुरुप काम अगाडि बढेको स्पष्ट पारे ।
उनले एमाले बाहेक अरुले जनताको पक्षमा कामै गर्न नसक्ने भएकोले एमाले र एमालेका अध्यक्षका केपि शर्माका विरुद्धमा मिडिया ट्रायल भएको स्पष्ट पारे ।
सचिव पौडेलले एमाले र एमालेका अध्यक्ष केपी ओलीमाथि चौतर्फी घेराबन्दी भएको र त्यो घेराबन्दीलाई तोडेर अगाडि बढ्न पार्टी कार्यकर्तालाई आग्रह समेत गरे । उनले एमालेमाथि विरोधीले लगाउने गरेका आरोपहरु सबै झुठा भएको दाबी समेत गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा एमाले मधेश प्रदेश सदस्य देव नारायण चौधरीले आफू निर्वाचित भएको यश क्षेत्रमा पूर्वाधारका नयाँ योजना अघि बढाएको बताए ।
कार्यक्रममा मधेश प्रदेश सदस्य सुन्दर विश्वकर्मा,जिल्ला सचिवालय सदस्य तथा उपमेयर भोला प्रसाद अधिकारी जिल्ला सचिवालय सदस्य कृष्ण खनाल, पूर्व जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ,जिल्ला कमिटी सदस्यहरू रमेश खरेल, आरिफ हुसैन, आदिबासी जनजाति महासंघका जिल्ला कमिटी सचिव जयकिशोर चौधरी,नगर कमिटी सचिव रत्न उप्रेती, नगरकमिटी उपसचिव त्रिलोक बिक्रम लगायतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रममा नगरकमिटी सदस्यहरू मदन तिमल्सिना, घनश्याम बस्नेत, बिनीता खड्का, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ कि का.वा.अध्यक्ष माया वि.क., वडा सदस्यहरू चीन बहादुर पाख्रीन, अनिता खत्री, देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो ।
वडा कमिटीका अध्यक्ष शुक्र बहादुर श्रेष्ठको सभाध्यक्षमा र गणेश थपलियाको सहजीकरणमा कार्यक्रम सम्पन्न सम्पन्न भएको हो । कार्यक्रममा यसअघि वडाको इन्चार्ज रहेका आरिफ हुसैन, रमेश खरेललाई कदरपत्रसहित बिदाई गरिएको थियो भने नयाँ वडा इन्चार्ज कमल देवकोटालाई स्वागत गरिएको थियो ।