ला लिगा : बार्सिलोनाको खराब लय, लस पाल्मससङ्ग पराजित
हेटौंडा । स्पेनिस ला लिगामा पछिल्लो तीन खेलमा बार्सिलोनाले खराब लय जारी राखेको छ । शनिबार सम्पन्न खेलमा लिग लिडर बर्सिलोनाले लस पाल्मससङ्ग २–१ पराजित बेहोरोसङ्गै दोश्रो स्थानको रियल म्याड्रिडलाई फाईदा भएको छ ।
क्याटालान टोलीले आफ्ना पछिल्ला तीन ला लिगा खेलबाट एक अंक मात्र लिएको छ, जसमा दुई खेल बाँकी रहँदा चार अंकले पछाडि रहेको रियल म्याड्रिडलाई उपाधि दौडमा ठूलो सहयोग हुनेछ ।
पाल्मसको लागि सान्ड्रोले ४९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर बार्साका राफिन्हाले उक्त अग्रतालाई ६१ औ मिनेटमा बराबरी गर्दिए ।
तर लगत्तै सिल्भाले गोल गर्दै पाल्मसलाई एउटा सुखद जित दिलाईदिए । जितसङ्गै रेलिगेसन जोन नजिक पुगेको पाल्मसलाई ठूलो राहत मिलेको छ र उ १५ खेलबाट १५ अङ्क सहित १४ औ स्थानमा उक्लिएको छ । हारको बाबजुत बार्सिलोना १५ खेलबाट ३४ अङ्क सहित पहिलो स्थानमा कायम छ ।