चीन भ्रमणको तयारी गर्नुपर्ने भएकाले खेल हेर्ने मौका पाउन सकिनँ: प्रधानमन्त्री – Nepal Press

चीन भ्रमणको तयारी गर्नुपर्ने भएकाले खेल हेर्ने मौका पाउन सकिनँ: प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल हेर्ने मौका नपाएको बताएका छन् ।

सामाजिक संजालमा प्रधानमन्त्री ओलीले एनपीएलको आजको खेल हेर्न नपाउने बताएका हुन् ।

‘कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ,’ उनले लेखेका छन् ।
उनले सबै टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *