तारकेश्वरमा क्षमताभन्दा बढी यात्रु बाेकेको बसबाट खसेर २ जनाकाे मृत्यु
नेपाल प्रेस
२०८१ मंसिर १५ गते १२:४७
काठमाडौं । काठमाडाैंकाे तारकेश्वरस्थित शेषमतिमा बसबाट खसेर दुई जनाकाे मृत्यु भएकाे छ ।
सीट क्षमताभन्दा बढी यात्रु बाेकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।
मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए ।
उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर