खोपके खुलासा- नक्कली माओवादी बनेर चन्दा उठाउदा कारबाहीमा परेका थिए हर्क साम्पाङ
काठमाडौं । धरानका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङबारे नयाँ खुलासा भएको छ । नक्कली माओवादी बनेर साम्पाङले चन्दा उठाएको र कारबाहीमा परेको खुलेको छ ।
खोज पत्रकारिता केद्र (खोपके)ले हिजो सार्वजनिक गरेको एक खोजी समाचारले धरानमा सुशासनको कुरा गर्ने हर्क साम्पाङले गरेको कमजोरी बारेको समाचारमा अहिले मेयर भएर पनि गैरकानुनी चन्दा उठाउने साम्पाङले आफू सार्वजनिक जीवनमा आउनु अगाडि नक्कली माओवादी भएर चन्दा उठाएको बताइएको छ ।
तत्कालीन धरानका माओवादी इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीको चन्दाको सूचना आएर खोज्दा साम्पाङ रङ्गेहात पक्राउ परेको बताइएको छ ।
पत्रकार गोपाल दाहालले तयार गरेको समाचार अनुसार धरानको राष्ट्रिय वाणिज्य बैङ्क अगाडि चन्दा लिन पहेलो र सेतो रङ्गको करिज्मा मोटरबाइकमा आएका साम्पाङ पक्राउ परेका थिए ।
पक्राउ गरिएका उनलाई भानुचोक घुमाएर माओवादीको शिविरमा लगिएको थियो । शिविरमा उनलाई माओवादीबाट कुटपिट गरिएको माओवादीका तत्कालिन इन्चार्ज प्रवेशले खोपकेलाई जानकारी दिएका छन् ।
He is mayor humdinger. Ukhan tukke .
असली माओवादीका
कति धेरै प्रधान तथा ठुल
ठूला मन्त्रीहरु बने भने, नक्कली माओवादीका मेयर बन्नु त साधारण कुरा भई हाल्यो नि नेपालको सन्दर्भमा। र खाओबादी त झन् अहिले पनि प्र. म. ,राष्ट्रपति, राजदूत आदि बनेका छन्। प्रवेश राई अहिले के छन् ?
खबर पाम ?
यस्तो पनि खोज पत्रकारिक्ता ? वाईयात ! नक्कलि माओवादिका अध्यक्ष कति पटक सक्कलि प्रधान्मन्त्री भैसके ?
सामान्यतया मान्छेले आफ्नु जोन भन्दा बाहिर गएर गतिबिधि गर्दैन !!
१. कोहि अलि बढी फाइं फुइं गर्छ भने बुझ्न पर्छ : त्यो कि ठुलै क्रान्तिको लागि मोटिभेटेड हुन पर्यो, कि कुनै ठुलो आपदमा फसेको हुन् पर्यो या त कुनै ठुलो अपराध गरेको हुन् पर्यो ता कि मान्छेको दिमाग भुटेर आफ्नु अपराध डाइल्युट गर्न सकियोस वा कुनै बलियो (देशी वा बिदेशी, बिसेस र बिदेशी) सक्तिले आड दिएको हुन पर्यो !!
२. हाम्रा मेयर हर्क साम्पाङ्ग पनि धरानको साच्चै इज्वत, प्रतिष्ठा र सभ्यतालाई खेलाची रुपमा धुलिसात गर्न लागेको भान हुन्छ : अरु भन्दा बेग्लै, छुट्टै, अलि अनौठो !! के छ पछि ?? नक्कली माओबादि – चन्दा असुली : हो त !!!??
३. ठाउँको बिकास गर्न यत्ति धेरै उत्ताउलो र भूइं न. भाडामा हुनु पर्छ र ?? धरान निक्कै बिकशित थियो त पहिला : मेयर थिए ध्यान बहादुर राइ, मनोज मियांग्बो : अहिले चाहि के उल्कापात भएको छ र साम्पाङ्ग झोङ्किएर ??!!