प्रधानमन्त्री ओलीको चीन भ्रमण ४ दिनकाे हुने, चिनिया विदेश मन्त्रालयले के भन्याे ? – Nepal Press

प्रधानमन्त्री ओलीको चीन भ्रमण ४ दिनकाे हुने, चिनिया विदेश मन्त्रालयले के भन्याे ?

काठमाडौं । यहि डिसेम्बर २ बाट ५ सम्म प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जादैछन्। भ्रमणको नेपाली पक्षले यस अगाडि नै जानकारी सार्वजनिक गरिसकेको छ ।

आज चीनले पनि यसको औपचारिक जानकारी सार्वजनिक गरेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलन तथा मन्त्रालयको कूटनीतिक सूचीमा प्रधानमन्त्री ओलीको भ्रमण राखिएको छ ।

चिनियाँ प्रधानमन्त्री लि छियाङ्को औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली डिसेम्बर २ बाट ५ सम्म चीन जाने बताइएको छ । चिनियाँ अखबार चाइना डेलीका पत्रकार लिउ चिआनछिआओले नेपाली प्रधानमन्त्री ओलीलाई राजकीय दिइने बताइन् । राजकीय भोजको निम्तोमा बुधबार पत्रकारहरुलाई जानुपर्ने जानकारी आइसकेको नेपाल प्रेसलाई जानकारी दिइन्।

२०४६ पछि दुईपक्षीय औपचारिक भ्रमणमा चीन जाने प्रथम प्रधानमन्त्री भएका छन् ओली । यस अगाडि प्रचण्ड पनि चीन पहिलोपटक गएका थिए । तर, उनी सन २००८ को ओलम्पिक खेल समापन समारोहमा पुगेका थिए ।

भारतभन्दा अगाडि चीनको प्रथम औपचारिक भ्रमणमा जाने प्रथम नेपाली प्रधानमन्त्री टङ्कप्रसाद आचार्य हुन्।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओलीको चीन भ्रमण ४ दिनकाे हुने, चिनिया विदेश मन्त्रालयले के भन्याे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर