रवि लामिछानेले नलेखेकाे मनाेवाद !
(म रवि लामिछाने नभए पनि रवि लामिछाने जस्तै हुँ । त्यसैले उनले नलेखेको मनाेवाद मैले काल्पनिकरुपमा लेखिदिएँ । थाहा छैन, रवि लामिछानेले हिरासतमा यस्तै यस्तै सोच्दा हुन् वा फरक।)
म प्रत्येक दिन ५ बजे ब्युँझिन्छु र पशुपतिनाथलाई दिमागमा राखेर ध्यानमा बस्छु । मेरो कानमा जय नेपाल भन्ने शब्द ठोकिन्छ । सुरक्षाकर्मीको बुटको आवाज र ‘जय नेपाल सर’ भन्ने शब्दले मलाई सुरक्षाकर्मीभन्दा पनि ‘जय नेपाल’ भन्ने शब्दप्रति माया लागेर आउँछ । जुन शब्द धेरै वर्ष अघिदेखि नेपाली कांग्रेसले भन्दै आएको हो । हाम्रा सुरक्षाकर्मीले जसरी त्यो शब्दको गरिमा, मान, मर्यादा र भावनालाई कांग्रेसले प्रतिबिम्बित गरिदिन्थ्यो भने सायद म आज अमेरिकामै हुन्थे होला र एउटा खुशी र सुखी जीवनयापन गर्दै थिएँ होला । अमेरिकामा पुगेका साथीभाइको राजनीतिप्रतिको वितृष्णा र देशको बिग्रँदो अवस्था पराइ भूमिमा छटपटिएका राष्ट्र प्रेम खप्न नसकेर म देशभित्रै, देशभित्रकै नेपाली दाजुभाइको पत्रकारिता पेशाबाट सेवा गर्ने मनसायले फर्कें ।
मभन्दा योग्य, मभन्दा पढेलेखेका, मभन्दा ज्ञानी नेपालमै पत्रकार थिए । ८-१० हजार पत्रकारबीचबाटै म एउटा बबुरोले ६२ घन्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाइदिएपछि अमेरिका नटेकेका, टेक्न नपाएका, अमेरिकाले भिसा नदिएका र आफूलाई देशकै उम्दा पत्रकार ठान्नेहरुलाई पक्कै जलन भएछ, मैले पत्तै पाइनँ । ठीकै छ, आफ्नो रफ्तारमा दौडिरहें । यो १० वर्षका बीचमा टेलिभिजन पत्रकारिताको माध्यमबाट मैले सयौं चेलीलाई उद्धार गरें, जो विदेशमा फसेका थिए । दर्जनौंलाई मृत्युदण्डको मुखबाट निकाले, जो मृत्युदण्ड कुरिरहेका थिए ।
म अहिले हिरासतमा रहँदा ती मैले उद्धार गरेका मान्छेको आँखामा पलाएको आशा र खुशी, जो मेरा कारणले आएका थिए, ती सम्झेर आज म आफूलाई बाघ ठानेको छु । आत्मबल बढेको छ । टेलिभिजन र छापा मिडियामा देशविदेशका ठगीमा परेका सयौं-हजारौंको उद्धार गरेका कोही पत्रकार छन् भने भनिदिनुहोस्, म उसलाई सम्मान गरुँला ।
सुनेको थिएँ- मौरीको संगतले फूलबारीमा पुगिन्छ । खै, कसको संगतले कहाँ पुगिन्छ ? म कसको संगतमा फसें र आज यहाँ छु । कसैसँगको सम्बन्ध पहिल्यै थाहा हुने भए मानिस संसारमा रहँदैनथ्यो होला । पटकपटक भनेकै कुरा हो । मेरो हातले कुनियत राखेर कसैप्रति बेइमान गरेको छैन । मेरा लागि बनेको संसदीय सुनुवाइले स्पष्टै भनिदियो- मैले रकम ल्याएको छैन सहकारीबाट, प्रस्ट छ ।
तानशाहीहरुले कोही-कसैलाई सीधै मार्दैनन् । आवाज हुनेको आवाज दबाइदिन्छन् । दौडनेको खुटृा बाँधिदिन्छन् । लेख्नेलाई पावन्दी लगाइदिन्छन् । यो नयाँ शैली हो । मेरो आवाज छ र म दौड्ने मान्छे हुँ । यतिबेला मेरो आवाज दबाइदिएका छन् र खुट्टा बाँधिदिएका छन् ।
त्यसपछि मेरो बयान पोखरा सकेर भैरहवा पुर्याइयो । त्यहाँ सरकारी वकिल कार्यालयमा भएको बयान बाहिर ल्याइयो । सरकारी कार्यालयभित्रका गतिविधिहरु छरपष्ट बाहिरिन्छन् भने बिचौलियाहरु, मेराविरुद्ध षड्यन्त्र गर्नेहरु भित्ताभित्तामा छन् भनिरहन परेन । म केही महिना प्रबन्धक भएर काटेका सयौं हजारौं होलान्, त्यसमध्येबाट एकदुई वटा चेक निकालेर सहकारीका लागि काटिएको देखाइयो । म आउनुअघि ऋण लिइसकेको सहकारी म आइसकेपछि पुरानो ब्याज वा ऋण तिर्न अध्यक्षको आदेशले काटियाे हाेला। त्यो सँगसँगै जोडिएका अन्य कागजपत्रहरु नदेखाइ चेकमात्र देखाइयो । त्याे सबै मलाई सम्झना हुने कुरै भएन ।
आयल नियममा हुने भ्रष्टाचार त्यहाँ जाने हरेक प्रबन्धकले व्यहोर्नुपर्ने हो र ? यसको पनि जवाफ प्रमाण होला ! म त्यता जान्न, तर जनताले जानून्, यस्तो संवेदनशील मुद्दा र राष्ट्रको चौथो पार्टी प्रमुख, १२ लाख जनताले पत्याएको र ४० हजार जनताले जिताएको अमेरिकी पासपोर्टसमेत त्यागेर देशसेवा गर्ने मनसायले बसेको व्यक्ति कहाँ भाग्थ्यो र ? जनमतको अपमान भएन र ?
तानाशाहीहरुले कोही-कसैलाई सीधै मार्दैनन् । आवाज हुनेको आवाज दबाइदिन्छन् । दौडनेको खुटृा बाँधिदिन्छन् । लेख्नेलाई पावन्दी लगाइदिन्छन् । यो नयाँ शैली हो । मेरो आवाज छ र म दौड्ने मान्छे हुँ । यतिबेला मेरो आवाज दबाइदिएका छन् र खुट्टा बाँधिदिएका छन् । मलाई त ठीकै छ, ती आवाजविहीनहरुको प्रतिनिधित्व गर्ने मलाई त्यसो गर्दा उनीहरुमाथि अन्याय भएन भन्ने बुझ्ने कसले ? दुई–दुई पटक चुनाव जितेको मान्छे । पहिलो पटक प्रक्रिया गलत भो भनियो । गलत हुन्थ्यो भने मेरोमात्र किन ? त्यहाँ सीडीओ कार्यालय छ, निर्वाचन आयोग छ, सबैले मेरो डकुमेन्ट रुजु गरेका होइनन् ? सरकारी निकायले योग्य छ भनेपछि म चुनावमा गएको होइन ? यो देशमा विवेक हेर्ने, न्याय हेर्ने, दाँज्ने, हरेकको मति बिग्रिएकै हो ? तैपनि ती कुरालाई भुलेर म दोस्रो पटक चुनावमा होमिएँ । जनताले पत्याइदिए ।
टेलिभिजनमा कराएर फुटकर उद्धार गरेर साध्य नहुने हुनाले मुहानै परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा होमिएको मान्छे । ठूला पार्टीबाट अवसर आउँदा पनि त्यसलाई लत्याएर आफ्नै पार्टी बनाएँ । मैले सायद वर्षौंदेखि जनताको गाँस, बास र आश काटेका पार्टीबीच मेरो राजनीतिक प्रवेशले भूकम्प नै ल्याइदिएछ । जुन दिन मैले टेलिभिजन छाडें, त्यस दिन स्पष्ट रुपमा भनेको छु । मेरा स्वर्गीय मातापिता, जो अहिले पितृ हुनुहुन्छ, उहाँलाई साक्षी राखेर कसम खाएको छु, जानेर कुनै गल्ती गरेको छैन । मरेर तपाईंहरुसामु पुगें भने आँखा जुधाएर भन्न सक्छु कि मैले गल्ती नगरी आएँ भनेर ।
मेरा स्वर्गीय मातापिता, जो अहिले पितृ हुनुहुन्छ, उहाँलाई साक्षी राखेर कसम खाएको छु, जानेर कुनै गल्ती गरेको छैन । मरेर तपाईंहरुसामु पुगें भने आँखा जुधाएर भन्न सक्छु कि मैले गल्ती नगरी आएँ भनेर ।
मैले यसो भन्दा वर्षौंदेखि गल्ती गर्दै आएका विभिन्न पार्टीका नेता कार्यकर्ताको निदहराम भएकै भएर होला, मेराविरुद्ध यतिविधि षड्यन्त्र गर्न पुगे । रवि लामिछानेको कपालको रौं र एक थोपा रगत भेटे भने मानौं यिनले हजारौं लिटर पेट्रोल होइन, एसिड नै फाल्नेछन् । पीडा के हो ? मान्छेका दुःख के हुन् ? विदेशमा नेपालीहरुले कसरी श्रम गरेका छन् ? त्यो देखेर फर्केको मान्छे हुँ ।
अपचलन, यो शब्द घुसाएर ममाथि बनाएका संसदीय छानबिन समितिले जनताले बचत गरेको अर्बौं रकम रफादफा गर्ने मनसाय प्रस्ट छ । मैले खाएको, सुतेको र हिँडेको समाचार बनाउने पत्रकारहरु र मेराविरुद्ध यसरी मेहनत गरेर छानबिन गर्ने विभिन्न निकायहरुले साँच्चै नै लाउडा, धमिजा, चेज एयर, पजेरो, एनसेल, क्यान्टोनन्मेन्ट, आयल निगम, आरएनएसी, ललिता निवास, ओम्नी, यती, गिरीबन्धु, बुढी गण्डकी, भुटानी शरणाार्थी, कम्बोडिया, भाटभटेनी, अरुण तेस्रो, जनकपुर चुरोट, हरिसिद्धि इँटा, ट्रलीबसलगायत दर्जनौं छानबिन गरिदिए भने म शहीद हुन तयार छु । म धन्यवाद दिएर शहीद हुन चाहन्छु, वर्तमान प्रधानमन्त्रीलाई उनले आफ्नै पार्टीको कमरेड मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्ड पत्ता लगाइदिए भने । अझ भनौं दरबार हत्याकाण्ड पनि ।
अस्ति राति नेपालको इतिहास पढें । यो देशमा ऊबेलैदेखि देशको लागि मरिमेट्नेलाई यसरी नै सडाइने रहेछ । मैले भीमसेन थापालाई सम्झिरहेको छु ।
प्रिय निकिता,
कुनै दिन यी शासकका बिचौलियाहरुले तिमीलाई सर्वस्व बनाइ भीमसेन थापाको श्रीमतीलाई झैं भनेर हल्ला पिटाए भने सम्झनू, म जेलमै भीमसेन थापाले झैं सेरिने छैन । त्यो हल्लालाई निराधार ठान्नू । शासकले यस्तै हल्ला पिटाउँछन्, जसरी मेरो हस्ताक्षर चेक देखेपछि हडबडायो, झोक्रायो भनेर भनिरहेका छन्, लेखिरहेका छन् ।
मान्छेहरु भन्लान्, रविको बचाउमा जनता किन निक्लेनन् सडकमा ? मेरो आवाज भनेको आवाजविहीनहरुको हो । मेरो सक्रियता भनेको सक्रिय हुन नसक्नेहरुको हो । ती गरिब, बेसहाराहरुको लागि हो म । त्यसैले तिनले महिनौं मेरा लागि आन्दोलन गर्न सक्दैनन् ।
केपी बालाई पनि दुई लाइन लेख्न चाहें ।
प्रिय केपी बा,
सायद म तपाईंको छोरा हुन्थे भने यो केसमा म यसरी हिरासत बस्दा तपाईंको आत्माले जेसुकै भनून्, तर कोही अजम्बरी छैन, गणेशमान बिते, मनमोहन बिते, अस्ति भर्खरै सुशील कोइराला बिते । केही भएन, तर तपाईंकै पार्टी महासचिव स्वर्गीय मदन भण्डारीले तपाईंलाई प्रश्न गरेको दिन के भन्नुहोला ? किनभने पद र यस धर्तीको बसाइ कसैको पनि स्थायी छैन । मेरा लागि टाउकोमा हात राखिदिनुभएका तपाईंले यसरी बोली नै फेर्नुहोला, यो उमेरमा आएर यो अस्थायी पदका लागि भनेर मैले कल्पनै गर्न सकिनँ । तपाईंले फेरेको बोलीले पनि मलाई ऊर्जा दिएको छ यस हिरासतमा बस्न ।
मान्छेहरु भन्लान्, रविको बचाउमा जनता किन निक्लेनन् सडकमा ? मेरो आवाज भनेको आवाजविहीनहरुको हो । मेरो सक्रियता भनेको सक्रिय हुन नसक्नेहरुको हो । ती गरिब, बेसहाराहरुको लागि हो म । त्यसैले तिनले महिनौं मेरा लागि आन्दोलन गर्न सक्दैनन् । तिनलाई प्रत्येक दिनको जोहो गर्नुपर्दछ । मेरो कानूनी लडाइँ त म लडुँला, तर तिनको पेट कसले भरिदिने ? यदि मेरा लागि ती सडकमा उत्रे भने ! त्यसैले मेरो आह्वान छ, मेरा लागि प्रार्थना गर्नुस्, सक्नुहुन्छ भने वरिपरि लड्नुस् । चुनाव आउँछ, त्यहाँ १ दिन लड्नुस्, तर सधैं सडकमा गएर होइन भनेर भनिदिएको छु ।
आज ठ्याक्कै ४१ दिन कट्यो । यो बीचमा कति सहकारी पीडितको रकम फिर्ता भयो मैले समाचार सुनिनँ । संगतअनुसार म भागीदार हुँला, तर राम्रो नियतले गरेका कामहरु गैरकानूनी रहेछन् भने म भागीदार हुन्छु, तर कसैको गलत मनसायले मलाई फसाइएको रहेछ भने मैले न्याय कहाँ पाउने ? यसको उत्तरको प्रतीक्षामा हुन्छु ।
(प्रस्तुत आलेखमा लेखकका निजी धारणाहरु छन्, जुन नेपाल प्रेसकाे सम्पादकीय दृष्टिकाेणसँग असम्बन्धित हुन् । सम्पादक)
यो सरकार एमाले कांग्रेस, मार्क्सबादी समाजबादी हरू सबै नवमण्डले हरूको झुण्ड हो। शक्ती आर्जे पछी अनावश्यक दमनमा उत्रिएको छ ।