दक्षिण कोरियामा शताब्दीकै ठूलो हिमपात, के छ क्षतिको अवस्था ? – Nepal Press

दक्षिण कोरियामा शताब्दीकै ठूलो हिमपात, के छ क्षतिको अवस्था ?

काठमाडौं । पूर्वी एसियाली मुलुक दक्षिण कोरियामा पछिल्लो शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको छ । विभिन्न विश्व मिडियाहरुले यसको खबर प्राथामिकताका साथ प्रकाशन गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार बिहीबार परेको हिउँ २० सेन्टिमिटरसम्मको भएको उल्लेख गरेको छ ।

नोभेम्बर महिनामा यस खालको हिँउ परेको रेकर्ड सन् १९०७ मा मात्रै भएको कोरियाली अधिकारीहरुलाई साभार गरेर अलजजिराले उल्लेख गरेको छ ।

हिउँले पूर्वाधारमा मात्रै नभएर मानवीय क्षति पनि गरेको छ । राजधानी सिओलको पूर्वतर्फ दुई जनाको मृत्यु भएको छ भने ट्राफिक जामको समस्या बढेको छ ।

हिउँले २०० भन्दा धेरै उडानहरु रद्ध भएका छन् भने बिजुली गएको बताइएको छ । राष्ट्रपति योन युक योएलले सकेसम्म कम क्षति बनाउन निर्देशन दिएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर