प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाँदै – Nepal Press

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाँदै

काठमाडौं । सरकारले परराष्ट्र मन्त्री डा.आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।

उनका अनुसार परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गतेदेखि १५ सम्म चीन भ्रमणमा जान लागेकी हुन् ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाँदै

  1. बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्न ढीला भैसक्यो । काम छिटो गरौं । सहयोगले विकास गर्न खोजेको भनेको चीनको होईन, नेपालको हो । सधैं भारतको दादागिरी मात्र सहने ? भारत र अमेरिका आफूले पालेका पाल्तुहरू मार्फत बिआरआई भाँडन लागेका छन् । नेपालले भारत , अमेरिकासँग कस्तो सम्बन्ध राख्छ भन्ने कुरामा चीनले चासो दिएको देखिदैन । तर उनीहरू चाहिँ नेपालको चीनसँग सम्बन्ध नै नहोस भन्नेमा छन् । चीन राम्रो छ भन्न खोजिएको होईन । तर भारत र चीन दुवैतिर कनेक्टिभिटी बढाउँदा कुनैले पनि हामीलाई हेप्न सक्दैन । एउटातिर मात्र भर पर्दा नाकाबन्दीजस्तो चरम अमानविय अवस्था समेत भोग्नुपर्यो ।अझ ट्रम्प आएपछि त चीन र अमेरिकाको सम्बन्ध झन् तनावपूर्ण होलाजस्तो छ । त्यसको असर हामीलाई पनि पर्लाजस्तो छ । ओलिले ऋण नलिने भनेर आफैंले भनिदिए । अब अनुदान मै दिए पनि अहिले नयाँ परियोजना कार्यान्वयन गर्न भनेर सम्झौता गर्नु हुँदैन भनेर काँग्रेसले भन्न थाल्छ । हेर्दै जानुहोला । दलाली पेशामा लागेपछि के लाग्छ ? नेपालको सर्वाङ्गिण विकास गर्ने हो भने एमाले, ओलि नै चाहिन्छ । स्वाभिमान भएका, देशलाई माया गर्ने नेता भनेका म त एमालेमा मात्र देख्छु त । त्यसैले आउने उप चुनावदेखि नै एमालेलाई जिताएर बाँकी सबैलाई हराओैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर