सुदेश पराजुलीको टिप्पणी- कांग्रेस र एमाले एकैचोटी पहिलो पटक आलोचित हुँदैछन् – Nepal Press

सुदेश पराजुलीको टिप्पणी- कांग्रेस र एमाले एकैचोटी पहिलो पटक आलोचित हुँदैछन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले दुई ठूला दल कांग्रेस र एमालेप्रति एकै पटक जनताबाट वितृष्णा बढ्दै गएको टिप्पणी गरेको छन्।

कांग्रेस र एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै दुई ठुला दल एकै पटक पहिलो पटक आलोचित भएको टिप्पणी गरे।

उनले भनेका छन्, ‘दुई ठुला दलप्रति एकै पटक, एकचोटी यति धेरै आलोचित भएको सायदै पहिलो पटक होला । यति धेरै वितृष्णा जन-जनबाट, मन-मनबाट नेपाली कांग्रेस र एमाले प्रति बढ्दो छ । संसदको सबैभन्दा ठुलो दल र त्यस पछिको ठुलो दल सँगै सरकारमा जान्छन्, सरकारमा जाने उद्देश्य के हो रु स्पष्ट छैन । नीति, सिद्धान्त, विचार मिल्छ ? मिल्दैन ।’

चुनाव अघिसँगै तालमेल, गठबन्धन गरेर सरकार निर्माण गर्छौ भनेर जनताको मत प्राप्त गरेका हुन् कि होइनन् भन्दै प्रश्न गरेका छन्।

उनले थपेका छन्, ‘दुई यी विपरीत ठुला दल किन मिले त ? केवल अदृश्य स्वार्थ मिलानका लागि मिले । दुई ठुला दलका अपारदर्शी मिलनले नेपालको लोकतन्त्र प्रति गम्भीर संकट पैदा गर्दैछ साथै दलीय व्यवस्थामाथि नै जन आक्रोश सिर्जित हुँदैछ । यो लोकतन्त्र लागि पनि गम्भीर चुनौती हो ।’

लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर गर्दै दल भित्रका प्रमुख नेताहरू जनताका असली नेता नभई गलत शासक जस्ता भएकाले आक्रोश बढेको उनको बुझाइ छ। लोकतन्त्रलाई बलियो बनाउन सही विचार, असल नेता र नेतृत्व चाहिने उल्लेख गरेका छन्।


प्रतिक्रिया

3 thoughts on “सुदेश पराजुलीको टिप्पणी- कांग्रेस र एमाले एकैचोटी पहिलो पटक आलोचित हुँदैछन्

  1. ओलि सरकारलाई आलोचना गर्ने भनेका भारतीय दलाल, लुटन नपाएर तिलमिलाएका, तस्कर, अराजक, जातीय र धार्मीक द्वन्द बढाएर रोटी सेक्न पल्केकाहरू, हिंसावादीहरू मात्र हुन् । आफू कुन कोटीमा परियो मनमनै भनौं ।

  2. झिङ्गाले डिङ्गा मरोस भनेर दिएको श्राप जस्तै हो यिनका कुरा।

  3. संगै डुङ्गामा चढेका हुन् यीनका नेता माधव पनि ! ओली डुब्दा उनका पीता चाही तैरेलान ? आशा त्यता गरौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर