अध्यक्ष लिङ्देनद्वारा राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा मनोनयन
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य सचिव तथा सदस्यहरु मनोनयन गरी दुई विभागलाई पूर्णता दिएका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक(नुवाकोट) लाई विभागको सदस्य सचिव मनोनयन गरेका छन् ।
यसैगरी सदस्यहरुमा सहायक महामन्त्री ताहिर अली(रुपन्देही), केन्द्रीय सदस्य रामहरी थापा(भक्तपुर), केन्द्रीय सदस्य तिर्थराज चटौत(कन्चनपुर), केन्द्रीय सदस्य देबकुमारी पराजुली(स्याङ्गजा) र केन्द्रीय सदस्य विनोद भारती(बारा) रहेका छन् ।
यसैगरी अध्यक्ष लिङ्देनले सहायक महामन्त्री बिजय खड्का प्रमुख रहनुभएको पर्यटन विभागमा सदस्य सचिव र सदस्यहरु मवोनयन गर्नुभएको छ ।
विभागको सदस्य सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ्ग) रहेका छन् भने सदस्यहरुमा सांसद आशा लामा(काठमाण्डौं), अर्जुन खनाल(कास्की), आराधना पुडासैनी(मोरङ्), रामप्रसाद सापकोटा(धादिङ्ग), रिना खड्का(काभ्रे), सुशील पन्त(गोरखा), तिर्थराज सुवेदी(कास्की), निर्मला ईजम (ताप्लेजुङ्ग), मेरिना श्रेष्ठ(सल्यान), कमल रिमाल(काठमाण्डौं), किशोर खड्का (बझाङ्ग), दावा किपा शेर्पा(स्विटजरल्याण्ड प्रवास), मेघनाथ आचार्य(रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा(दोलखा) रहेका छन् ।
अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा दुवै विभागका सदस्य सचिव तथा सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।