श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी – Nepal Press

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

कोलम्बो । श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ । जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।

श्रीलङ्काले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ । सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख डलर आम्दानी भएको डेली न्यूजले जनाएको छ ।

श्रीलङ्कामा सन् २०२४ को पहिलो १० महिनामा १६ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । यो सन् २ं०२३ को समान अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।

श्रीलङ्काका लागि पर्यटन एक प्रमुख विदेशी राजस्व संकलन हुने माध्यम हो । पर्यटनले यस वर्ष २३ लाख र सन् २०२५ मा ३० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा गरेको छ । -रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर