एनपीएलका लागि राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर
नेपाल प्रेस
२०८१ कार्तिक २६ गते १४:४८
काठमाडौं । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
हिल्टन होटलमा सोमबार आयोजित एक कार्यक्रमबीच लुम्बिनीले हमाललाई ब्रान्ड एम्बासडरका रुपमा घोषणा गरेको हो । हमालले लुम्बिनी लाइन्समा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे ।
‘व्यक्तिगत रुपमा एनपीएललाई मात्र होइन, समग्र क्रिकेटलाई लिएर लुम्बिनीले जुन किसिमको प्रतिबद्बता देखाइरहेको छ, त्यसबाट म प्रोत्साहित छु’, उनले भने ।
एनपीएल र नेपाली क्रिकेटको प्रवर्द्धनमा आफूले भूमिका खेल्ने उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर