टीयू क्रिकेट मैदानमा ५०० दर्शक अट्ने अस्थायी भीआईपी प्यारापिट तयार हुँदै – Nepal Press

टीयू क्रिकेट मैदानमा ५०० दर्शक अट्ने अस्थायी भीआईपी प्यारापिट तयार हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गरेर त्रिवि क्रिकेट मैदानमा अस्थायी भीआईपी प्यारापिट तयार गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उक्त प्यारापिटमा ५०० दर्शक अटाउने लक्ष्य राखिएको छ । क्यान प्रवक्ता छुम्बी लामाले यसअघि मिडिया बक्सका रुपमा प्रयोग गरिएको ठाउँलाई अस्थायी भीआईपी प्यारापिट बनाउन लागिएको जानकारी दिए ।

‘भीआईपी टिकट शुल्क कति राख्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ’, उनले भने ।

यस्तै क्यानले दर्शक बस्ने ठाउँलाई जोन छुट्याएर हरेक जोनमा प्रवेशका लागि बेग्लाबेग्लै ढोकाको व्यवस्था गरेको छ ।

‘दर्शकले टिकट लिँदा नै उनीहरु कुन जोनमा बस्छन् भन्ने थाहा हुन्छ । एउटा जोनबाट अर्को जोनमा जान मिल्दैन’, लामाले भने ।

क्यानका अनुसार दर्शकका लागि यस पटक शौचालयकको पनि व्यवस्था गरिनेछ । मंसिर १६ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिगका लागि यतिबेला त्रिवि मैदान धमाधम तयार भइरहेको छ । क्यानले पिच पुनर्निर्माण गरेको छ। ८ वटै पिचको पुनर्निर्माण गरिएको र त्यो स्तरीय बनेको क्यानले जनाएको छ ।

यस्तै मुभेबल साइड स्क्रिन र डिजिटल स्कोर बोर्ड पनि राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *