नेपाललाई साहसिक पर्यटनको शीर्ष गन्तव्यमा पार्ने निर्मल पुर्जालाई लगानी बोर्डको सम्मान
काठमाडौं । राष्ट्रिय लगानी बोर्डले नेपालको साहसिक पर्यटनको क्षेत्रमा कीर्तिमान कायम गरेको भन्दै आरोही निर्मल पुर्जा (निम्सदाइ)लाई अभिनन्दन गरेको छ ।
सोमवार लगानी बोर्डमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कीर्तिमानी आरोही पुर्जालाई प्रशंसा पत्र प्रदान गरे ।
नेपाललाई साहसिक पर्यटन गन्तव्यको शीर्ष स्थानमा राख्न उल्लेखनीय योगदान पुर्याएकोमा बोर्डले प्रशंसा पत्र प्रदान गरेको हो ।
बोर्डले भनेको छ- साहसिक पर्यटन क्षेत्रमा निर्मल पुर्जाको योगदान उनका उपलब्धिहरूले विश्वभरका अन्वेषकहरूलाई प्रेरणा दिन्छ र नेपालको पर्यटन लगानीको विशाल सम्भावनालाई प्रकाश पार्छ।लगानी बोर्ड नेपालमा, हामी हाम्रो पर्यटन क्षेत्रमा दिगो विकासलाई समर्थन गर्ने लगानीलाई आकर्षित गर्न यो गतिलाई अगाडि बढाउन तत्पर छौँ।
बिना अक्सिजन विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेर कीर्तिमान कायम गरेका पुर्जालाई पछिल्लो पटक नागरिकस्तरबाट समेत अभिनन्दन गरिएको थियो ।