प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री राणाले गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्रीले भ्रमणको संयोजन गर्ने भएकी हुन् ।
दुई नेताको निर्देशनअनुरुप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको सचिव केशवराज जोशीले बताए ।
चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
बैठकले कार्यदलकाे संयाेजन आलाेपालाे गर्ने निर्णयसमेत गरेकाे छ जसअनुसार पहिलाे एक महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।
पारवहन सन्धिलाई कार्यान्वयन गर्ने, सिमा नाकाहरू व्यवस्थित र पहुँच सडक निर्माणमा सहयोग, रेलमार्ग निर्माणलाई शीघ्र कार्यान्वयनमा लैजाने, ट्रान्समिसन लाईन छिटो निर्माण गर्ने कार्यलाई मूर्तरूप दिने गरी सम्झौता, समझदारी गर्नुपर्नेछ । चीन पनि आफ्नै हित बढी हेर्ने देश हो । तर भारतसँग मात्र निर्भर हुँदा खानु परेको हेपाइलाई सन्तुलनमा राख्न यी काम गर्नुपर्नेछ । भारत दिलोज्यान दिएर यी काम रोक्न लाग्छ । नेपालमा रहेका उसका भाडाका टट्टुहरूले चीनसँग ऋण लिनै हुँदैन भनेर सबै कुराको विरोध गर्दैछन् । महँगो ऋण त लिने होईन तर अन्यसँग लिएको दरमा ऋण लिएर माथिका काम गर्न सकिन्छ । अनुदानका लागि पनि प्रथमिकता दिनुपर्छ । तर संयोजन गर्ने रखी बाँध्ने परे क्यार । सूचना त सबै तलतिर गैरहेकै होला । रोक्न निर्देशन पनि होला । देशको दीर्घकालीन हित हेर्ने र सर्वाङ्गिण विकास गर्ने एकमात्र नेता ओलि र पार्टी एमाले हो । अरू त कसै न कसैका भाडाका टट्टु छन् ।