जनकपुरधाममा यसरी सजाइयो छठ घाट (तस्बिरहरु) – Nepal Press

जनकपुरधाममा यसरी सजाइयो छठ घाट (तस्बिरहरु)

जनकपुरधाम । हिन्दुहरुको आस्था र श्रद्धाको महापर्व छठका लागि जनकपुरधामस्थित पोखरीहरुमा घाट निर्माण पूरा भएको छ ।

जनकपुरधामका गंगा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत जलाशयलाई स्थानीयले सरसफाइ गरेर सजाएको छ ।

पोखरीको डिलमा टेन्ट लगाएर घाटहरु निर्माण गरिएको छ । घाटमा रातिको समयमा आकर्षक देखिने रंग(बिरंगी लाइट लगाएर श्रृंगारिएको छ । जताततै छठका गितहरु गुञ्जिन थालेपछि रौनकता थपिएको छ ।

छठको पहिलो दिन मंगलवार ब्रतालुले नहायखाय गरी छठ पर्व आरम्भ गरे । आज दोस्रो दिन खरना विधि गरिदैछ । बिहिवार छठको मुख्यदिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । शुक्रवार बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त गरिन्छ ।

छठमा ब्रतालुले मुख्यतया सूर्यदेवको पूजापाठ गर्छन् । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने धार्मिक जनविश्वास रहेको छ ।

छठ पर्वको मुख्य प्रसादका रूपमा ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, माटोबाट निर्मित हात्ती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री चढाइन्छ । अहिले बजारमा सो समानहरु किनमेल गर्नेहरुको भिडभाड देख्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *