सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।
नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।
यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।
सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।
थुक्क मेराेकाे हालत ! एउटा अन्तर्राष्ट्रिय स्तरकाे नेपाली खेलाडीले अन्तराष्ट्रीय खेलमा सहभागी हुन भिसा नदिने मुलुक प्रति पनि हामी कति कृतघ्न हुन्छौं र यति धेरैले राेई कराई गरे पश्चात् पनि खेल नै जिते जसरी खुशी बनाउने अबस्था पुगेकाे देखेर अचम्म लाग्छ । यहि हाे हामी नेपालीको स्वाभिमान ? यस्ताे अबस्था किन र कस्ले गरायाे ? यस्बारे कहिले साेच्ने र कस्ले साेच्ने ? चेतना भया !!!