दशैँमा दुई दिन प्रहरीले काठमाडौंमा निःशुल्क बस सेवा दिँदै, कस्तो छ रुट ?

२०८१ असोज २४ गते १९:१८

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । २५ र २६ गते प्रहरीले फरक फरक दुई रुटमा निःशुल्क बस सेवा दिन लागेको हो ।
दुबै रुटमा बिहान ८ :३० बजेदेखि ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् । नेपाल प्रहरीले यस अघि पनि सर्वसाधारणका लागि दशैँमा यो सेवा दिँदै आइरहेको थियो । दशैंमा पर्याप्त सार्वजनिक गाडी नहुँदा सास्ती खेपेका यात्रुहरू यो सेवाबाट लाभान्वित हुँदै आइरहेका छन्।
हेर्नुहोस् यी रुटमा गुड्ने छन् गाडी

प्रतिक्रिया
सम्बन्धित खवर