दशैं बिदामा लुम्बिनीका मुख्यमन्त्रीले सरकारी गाडी नचढ्ने – Nepal Press

दशैं बिदामा लुम्बिनीका मुख्यमन्त्रीले सरकारी गाडी नचढ्ने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  दशैं बिदाभर सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । गृह जिल्ला अर्घाखाँची पुगेका आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने जनाएका हुन् ।

निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थालेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढेका छन् ।

No description available.

यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं बिदाभरका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं बिदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा सकारात्मक सन्देश दिन खोजेका मुख्यमन्त्री आचार्यले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर