पुण्य गौतमलाई बाटो ढुकेर रड हान्ने २ जना पक्राउ, मुख्य योजनाकार दुर्गा प्रसाईँका कार्यकर्ता


काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्यराज गौतम (विश्वास) लाई रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यही २१ गते राति सवा ९ बजेतिर आफ्नो जोरपाटीस्थित घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको थियो ।
काठमाडौं प्रहरी र बौद्ध प्रहरी वृत्तको संयुक्त टोलीले भोलिपल्टै काभ्रे घर भई भक्तपुर च्यामासिंह बस्दै आएका ३० वर्षमा टासी लामा भनिने सञ्जीव लामालाई पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धानको क्रममा घटनाको मुख्य योजनाकार रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई गोकर्णेश्वर बस्दै आएका ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदानलाई हिजो पक्राउ गरिएको प्रहरीले बताएको छ ।
गंगाहिटीबाट पक्राउ परेका दिलबहादुर दुर्गा प्रसाईँको ‘नागरिक बचाउ महाअभियान’ अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक रहेको प्रहरी स्रोतको भनाइ छ ।
उनीहरूको साथबाट १ थान रड र ३ थान मोबाइल बरामद गरिएको छ ।
२१ गते राति मोबाइलमा बोल्दै आइरहेको बेलामा घरनजिकै पुण्यलाई ढुकेर बसेका व्यक्तिहरूले रडले हानेका थिए । गौतम ढलेपछि छरछिमेकीहरु आएर उद्धार गरेर तत्काल ट्याक्सीमा हालेर अस्पताल पठाइएको थियो । टाउकोमा दुई ठाउँ चोट लागेका गौतमलाई नेपाल मेडिकल कलेजमा उपचार गराइएको थियो । उको टाउकोमा दर्जनजति टाँका लगाइएको छ ।
यो हो दुर्गाको असली रूप । दुर्गालाई ठिक नपारी अरू ठिक हुँदैनन । यहि घटनामा निर्देशन दिएको आरोपमा लगेर कोच दुर्गेलाई ।