मन्त्रीले कुलमानलाई स्पष्टीकरण सोधेको भोलिपल्टै ४९ उद्योगलाई प्राधिकरणले भन्यो- कात्तिक ८ भित्र बक्यौता बुझाउनू नत्र कारबाही हुन्छ
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको भोलिपल्टै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका उद्योगलाई बक्यौता रकम बुझाउन चेतावनी दिएको छ ।
४९ उद्योगको नाम सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको छ ।
बिहीबार सूचना जारी गरी प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरूलाई पुनः भनेको हो।
प्राधिकरणले जारी गरेको सूचनामा बक्यौता महसुल नबुझाएका उद्योगको नाम र उनीहरूले गणना सिटअनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकमसमेत सार्वजनिक गरेको छ।
Good chha koolman sir
उद्योगबाट उत्पादित वस्तुको मूल्य दिनानुदिन महङ्गो हुँदै जाने उपभोक्ताको हितमा कमसेकम विचार नपुर्याउने अनि विद्युतको महशुल चाहिँ नतिर्ने प्रवृति अत्यन्तै हानीकार छ । नेपाली उपभोक्ता ठग्ने ठग उद्योगपतिलाई कानुनी उपचार जरुरी छ । यस्ता ठगलाई संरक्षण गर्ने राजनीतिक व्यक्तिहरू देश र जनताका दुश्मन हुन् ।