न गाउँमा केटा, न घरमा पाटा- कस्ले हाल्यो होला र पिङ ?
शारदी रात । आकाश पघ्रिन थालेको थियो । धर्ती सेलाउन थालेको थियो । सूर्यको पहिलो चुम्बनले व्युँझिने पूर्वी तराई गोधुलीको बिदाईपछि भने उङ्न थालेको थियो । तर माथ्लो, खनाल गाउँमा राति अबेरसम्म तीन पुस्ताको जोश र जाँगरले कस्सिदै गएको लठारो चाहिँ बामे सर्दै लम्बिने क्रममा थियो । पाटाका केस्रा मिलाउँदै लठारोको घान हाल्न ठिटाहरूलाई धमाधम थियो । पाकाहरूले पोका कस्ने जिम्मा लिएका थिए । बटार्ने कामको कमाण्डर चाहिँ हजुरबा डम्बर खनालले लिनुभएको थियो ।
केही वर्षअघि भारतको आसामबाट आउनु भएका ‘पिता’ पोया मिलाउन माहिर । हाम्रो गाउँमा आसामबाट आएको त्यो परिवारमा मात्र बुवा-आमालाई माता-पिता भन्ने चलन थियो । त्यसैले मन्जू, मनोज र मदनका माता-पिता चिन्ने जति सवैका माता-पिता । आसाम छोडेर आए पनि पिताले ब्रम्हपुत्र, कुँयेरघारी, गाईगोठ र मिठाईका कथा सुनाई रहँदा डम्बरबालाई उही तन्नेरीवयमा पुगेको भान हुन्थ्यो क्यार, त्यसैले त लठारो पनि झन् झन् खँदिलो र कसिलो भइरहेको थियो ।
पाटा हुनेका घरबाट एक/एक मुठा भेला पारियो । नहुनेलाई एक किलो पाटा बराबरको २० रूपैयाँ तोकियो । राति १० बजेतिर लठारो बाट्दा बाट्दै जुवा बाँध्ने डोरी पुगेन । ‘अहिले पो यो जमघट छ, भोलि को कहाँ-को कहाँ ? पटुवा ल्याउँछौ भने अहिले बाटिन्छ, भोलिको चैँ भर छैन है केटा हो ।’ डम्बर बाले यति भने पछि केहि केटाहरु तातिए । ‘लु अहिल्यै ल्याउने, अधिकारी बालाई उठाएर भए पनि ५ किलो ल्याउँछौ’ भन्दै ३/४ भाइ गेउरीया चोकमा काँटा गर्ने अधिकारीबाको तिर लागे ।
ढुंगेल मामाको छोरो, राजु । हाम्रै दौंतरी । एउटै कक्षामा पढ्ने । राजु र हाम्रो समुहको एउटा केटाको केही दिन स्कुलमा अघि झगडा परेको रहेछ । त्यही रिस फेर्न उसले ढुंगा हानेको रहेछ । आखिर हामीले आरोपको जति नै प्रतिरक्षा गरे पनि दोष हाम्रै केटाहरूको रहेछ । तर, जुन सहमति थियो, ढुंगा हान्ने मान्छे पत्तो लगाउने । हामीले पत्तो लगाएको कुराचै भनेनौं, कुरो ढिसमिस् भयो ।
बाजे-छोरा-नाति पुस्ताको त्यो जमघटमा केही छिल्लिएका र इत्रिएका कथाहरूले निद्रा पनि लजाएर भागिरहेको थियो । पटुवा थपिएपछि झण्डै मध्यरातमा लठारो बाटिसकियो । ओहो, लठारोको पोया कस्न साह्रै कठिन । कसिएन भने फुस्स फुस्किएर पिङनै चुँडिने, दह्रो गरि कस्न हाम्रा कलिला नाडी बाउँडिने । त्यसैले बुढाहरूको साथले लठारोको बन्दोबस्त गरियो । हुन त त्यस बेला पोया कस्नेहरू त्यही ४०/४२ का थिए । आफ्नो भन्दा दोव्वर बढी उमेर भएकाले बुढा ठानियो । बा-बाजे साईनो थियो । ‘यी बुढाहरु किन छिल्लिएका’ पनि भनियो । तर, खासमा मान्छे, ४० पुग्दैमा बुढो त नहुँदो रहेछ नि ! यो ‘दिव्य ज्ञान’ पाउन आफू पनि त्यही छेक पुग्नु पर्यो । समयले यत्रो कुरायो ।
लिङ्गा गाड्ने दिन आँगनमा कचहरी
एसएलसी दिएसँगै ०५७ सालमा हामीले अघिल्लो पुस्ताले गठन गरेको ‘हिमाली युवा क्लब’ व्युँझाएका थियौं । त्यही क्लबको नेतृत्वमा गाउँमा पिङ हालिँदै थियो । क्लबमा २० वर्ष नाघेका कोही थिएन । सबै १५/१६ का । तर, पिङ हाल्न आमाहरूले भन्दा पनि बुवाहरूले खुवै हौस्याएका पनि थिए । क्लबको अध्यक्ष विष्णु पोखरेलका घरमा पुरानो गोरु गाडाको जुवा थियो । चार लिङ्गा जोडेर लठारो बाँध्न त्यही जोहो गरिएको थियो । राति अबेरसम्म लठारो बाटे पनि कति बेला बिहान हुन्छ र लिङ्गा काट्न जाउँ भन्ने औडाहा थियो । तर, पिङ हाल्न तम्सिएको त्यो जाँगरिला ठिटाहरूको हुल भोलिपल्ट बिहानसम्ममा झगडीया झुण्डको रूपमा चित्रित भयो ।
तल्लो गाउँका ढुंगेलबाको घरमा अघिल्लो रात बरण्डाको बत्ति निभाएर मकै छोडाउँदै रहेछन् । त्यही बेला हाम्रा केटाहरू अधिकारीबाको काँटाबाट पाटा किनेर आउँदै थिए । त्यही बेला कुन केटाले त्यो घरको छानामा ढुंगा हानेछ । टिनको छानोमा बज्रिएको ढुंगाकै गतिमा केटाहरू टाप ठोकेछन् । तर, पाटा लिएर आएपछि पनि ढुंगा हानेको बारे उनीहरू कसैले केही भनेनन् । हाम्रै घर मुन्तिरको खाली ठाउँ, धरणीहरूको आँगनमा पिङ हाल्ने तयारी थियो ।
६ लिंगा जोड्न सकिँदैन भनेर ४ लिंगाको मात्र आँट गरेका थियौं । नाप जाँच गरेर लिंगा गाड्ने डोब खनियो । लिंगा ठड्याइयो पनि । लिङ्गोको टुप्पामा लीला र पोखरेल माईला चढेका थिए क्यार । पिङ लगाएको रमिता हेर्नेको कुँडुलो पनि थियो । मदन, म, धरणीलगायतको टोली जुवा बाँध्न लिङ्गोमा चढेकाहरूलाई भुइँबाटै डोरीले तानेर सहयोग गरि रहेका थियौं । एउटा चैँ काँडे बाँस परेछ, जुवा बाँध्न निक्कै हम्ये भयो । केटाहरू जोडसँग तानिरहेका थिए, त्यही बेला बड्याङ् त्यो बाँस पड्कियो ।
बिहानैदेखि लिङ्गाको बन्दोबस्ती मिलाउन दाउ-खुकुरीको जोहो हुँदै थियो । तल्ला गाउँको एक हुल आँगनमा आक्रोशित भएर आइपुग्यो । म क्लबको सचिव, ठिक माथ्लो घरको विष्णु अध्यक्ष । ‘क्लवका केटाहरुले रात भरि हाम्रो घरमा ढुंगा हाने, बिजुलीको बोल फुट्यो । धन्न मान्छेलाई लागेन । यस्तो आतंक मच्चाउन पाइन्छ ?’ आक्रोश र आरोपबाट म त छक्क परेँ । हामी फतुर स्विकार्न तयार थिएनौं । ढुंगेल मामाले भन्नुभयो, ‘ढुंगा हान्नेमा गोपाल र विष्णुचै थिएनन्, तर ती सबै केटा तिमीहरूकै क्लबका हुन् । तिमेरुको क्लब यस्तै आतंक मच्चाउन खोलेको हो ?’ आँगनको कचहरी मिलाउन खुमनाथबाले मध्यस्थता गर्नु भयो । ‘अब यसो गरौं, यि केटाहरुले ढुंगा हानेको होइनन् आखिर । ती को केटाहरु थिए पत्तो लगाउने यिनीहरूलाई नै जिम्मा दिउँ । ती फटाहाहरू पत्तो लाएपछि जे गर्नु पर्छ गरौंला । कि कसो ?’ करिब ४५ मिनेटको कचहरी उहाँको प्रस्तावमा सहमति जनाउँदै टुङ्गियो ।
भएको के रहेछ भने, ढुंगेल मामाको छोरो, राजु । हाम्रै दौंतरी । एउटै कक्षामा पढ्ने । राजु र हाम्रो समुहको एउटा केटाको केही दिन स्कुलमा अघि झगडा परेको रहेछ । त्यही रिस फेर्न उसले ढुंगा हानेको रहेछ । आखिर हामीले आरोपको जति नै प्रतिरक्षा गरे पनि दोष हाम्रै केटाहरूको रहेछ । तर, जुन सहमति थियो, ढुंगा हान्ने मान्छे पत्तो लगाउने । हामीले पत्तो लगाएको कुराचै भनेनौं, कुरो ढिसमिस् भयो ।
ढाडमा लिङ्गो बजारिँदा पानी पानी
कचहरीले बिहान खाइगयो । लिङ्गा व्यवस्थापनको काम दिउँसोलाई सर्यो । देवी-डिल्ली शिवाकोटीको बाँस झ्याङ्बाट एउटा काटियो । गेउरीया खोला डिलको झ्याङ्बाट सोझो र टुप्पोसहितको लिङ्गो निकाल्न कम्ति हम्ये परेन । बाँस तछारिएको चोयाले मेरो पैतालामा २ इन्च जति काट्यो । मैले लिङ्गो बोक्ने काममा सघाउन सकिन । शुरूमा त रगत खासै आएको थिएन, दुखेको मात्र थियो । तर ८/१० पाइला हिँडेपछि फित्तावाला चप्पल ल्याफ्फै भएर टाँसियो रगतले । हातको दाउ पनि साथीलाई जिम्मा दिएर म डिलैमा बसि रहेँ । बेनु शिवाकोटी र विष्णुहरुको बाँस झ्याङ्बाट अरु लिङ्गाको व्यवस्था मिलाइयो ।
न अहिले गाउँमा केटा छन्, न घरमा पाटा । कसले हाल्छ र दोबाटामा लिङ्गे पिङ । राति अबेरसम्म पालो पर्खिने र नपाए धुइरिएर ‘लिङ्गा लिङ्गा प्लित प्लित’ भन्दै पिङमा झुण्डिने भुरा कोनै छन् र ? हात हातमा भएका मोवाईलको अम्मलबाट उनीहरूले मुक्ति पाउन नै सकेकै छैनन् । चालिसे हुनै लाग्दा म पनि गाउँ छोडेर शहर पसेँ, दशैं भित्रिसकेपछि मात्र गाउँ भित्रिँदैछु । उबेलाका जाँगरिला तन्नेरीहरू कतिलाई ‘सुगर’ले गाँज्यो । निहुरिँदा आँखाको चस्मा खस्ने भयो । टुक्रुक्क बस्दा घुँडा र कम्मर दुख्ने भयो । खै यो साल पनि कस्ले काट्यो होला र लिङ्गा, कस्ते बाट्यो होलार लठारो ?
६ लिंगा जोड्न सकिँदैन भनेर ४ लिंगाको मात्र आँट गरेका थियौं । नाप जाँच गरेर लिंगा गाड्ने डोब खनियो । लिंगा ठड्याइयो पनि । लिङ्गोको टुप्पामा लीला र पोखरेल माईला चढेका थिए क्यार । पिङ लगाएको रमिता हेर्नेको कुँडुलो पनि थियो । मदन, म, धरणीलगायतको टोली जुवा बाँध्न लिङ्गोमा चढेकाहरूलाई भुइँबाटै डोरीले तानेर सहयोग गरि रहेका थियौं । एउटा चैँ काँडे बाँस परेछ, जुवा बाँध्न निक्कै हम्ये भयो । केटाहरू जोडसँग तानिरहेका थिए, त्यही बेला बड्याङ् त्यो बाँस पड्कियो ।
उता मनोज अझै डोव उधिन्दै रहेछ । त्यो बाँस गड्याम्मै उसको ढाडमा बजारियो । ऊ भ्वाक्कै लडेर दुवै गोडा जोडसँग झट्कार्न थाल्यो । पानी…..पानी…..भन्दै अर्धचेत भयो । बाँस पड्किएर धन्न बासमा भएको मान्छे झरेन । बरु फुत्तै हामफाले उनीहरू पनि । हामी दौडियौं मनोजलाई उठाउन । बोकेर शितल ठाउँमा लगियो । कोहीले हात त कोहीले गोडा रगड्न थाले । पानी ल्याउनेहरूले मुखमा लगाइदिन थाले ।
एम्बुलेन्सको बोलाउनु पर्ने हो कि भनेर हामी हड्बडायौं पनि । तर, २ मिनेट नभई ऊ सामान्य अवस्थामा उठ्यो । भिड हटेपछि उसले हामी दौंतरीहरू मात्र भएका बेला भन्यो, ‘मुला हो, बाँसले लाग्दा अलि अलि त दुख्यो नि तर तिमेरु कतिको आतिँदा रैछौ भनेर एक्टिङ् पो गरेको त । कहाँ त्यस्तो हुनु ?’ मुलालाई झ्याम्झुम सवै मिलेर पड्काउनु जस्तो भयो कुरा सुनेर । तर, त्यता नलागि पिङ लगाउनै तर्फ लागियो ।
‘सरी दहिचोक’
त्यस बेला उम्रिएका जुँगाहरू घुम्रिन थाले । पोया कस्ने बुढाहरूको पाखुराबाट बरगत बिदा भयो । पाटा खोज्ने केटाहरू कोही मुग्लान पसे कोही घरजममा फसे । तिनै जुवा कस्ने र लिङ्गो खोज्ने कतिका दोश्रो पुस्ता उही उमेरका भए । तर, अहिले पिङ चढ्न लिङ्गा गाड्नु पर्दैन । होटलदेखि मेला, महोत्सव र पार्कतिर अनेक रंग र ढंगका पिङ पाइ हालिन्छ । जुन दिन चढे पनि भैगो । दशैंको टीका लगाएपछि एकछिन भए पनि भुइँ छोड्नै पर्छ भन्ने पुस्ता पनि रहेन ।
न अहिले गाउँमा केटा छन्, न घरमा पाटा । कसले हाल्छ र दोबाटामा लिङ्गे पिङ । राति अबेरसम्म पालो पर्खिने र नपाए धुइरिएर ‘लिङ्गा लिङ्गा प्लित प्लित’ भन्दै पिङमा झुण्डिने भुरा कोनै छन् र ? हात हातमा भएका मोवाईलको अम्मलबाट उनीहरूले मुक्ति पाउन नै सकेकै छैनन् । चालिसे हुनै लाग्दा म पनि गाउँ छोडेर शहर पसेँ, दशैं भित्रिसकेपछि मात्र गाउँ भित्रिँदैछु । उबेलाका जाँगरिला तन्नेरीहरू कतिलाई ‘सुगर’ले गाँज्यो । निहुरिँदा आँखाको चस्मा खस्ने भयो । टुक्रुक्क बस्दा घुँडा र कम्मर दुख्ने भयो । खै यो साल पनि कस्ले काट्यो होला र लिङ्गा, कस्ते बाट्यो होलार लठारो ? यदि कोही फुर्तिलो भएर पिङ हालेको रहेछ भने उनीहरूको जाँगरलाई धन्यवाद । नत्र ‘सरी दहीचोक ।’