दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
नेपाल प्रेस
२०८१ असोज १५ गते १६:२४
काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।
प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
उनी ९ दिनअघि पक्राउ परेका थिए ।
प्रतिक्रिया
2 thoughts on “दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश”
Leave a Reply
सम्बन्धित खवर
buda aba bolna kam gara YouTube ko sangat chhada aafno kam ma laga .
जम्मा एक लाखको मात्र बोलेछ नातिले?
हजुरबुवा छक्क परे होलान!
कि सबैको उच्चले जे निर्णय गर्दा नि हुनि हो?