हात्तीको आक्रमणबाट किसानको मृत्यु

२०८१ असोज १३ गते ९:५३

कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।
किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए ।
प्रतिक्रिया