प्रहरीको ३० वर्षे सेवा खारेज गर्न मागसहित सर्वोच्चमा दायर रिट निवेदकले लिए फिर्ता – Nepal Press

प्रहरीको ३० वर्षे सेवा खारेज गर्न मागसहित सर्वोच्चमा दायर रिट निवेदकले लिए फिर्ता

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि खारेज हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकले फिर्ता लिएका छन् ।

अन्तिम सुनुवाइ हुनुअगावै निवेदकले रिट फिर्ता लिएका हुन् । यसअघि प्रारम्भिक सुनुवाइ अन्तरिम आदेश जारी भएपछि अवकाशको मुखमा पुगेका करिब ९० प्रहरी अधिकृतहरू उत्साही बनेका थिए । तर, सरकारले भ्याकेटमा गएपछि सर्वोच्चले अन्तरिम आदेश खारेज गरेको थियो । अन्तिम सुनुवाइका लागि बिहीबारलाई पेशी तोकिएको थियो । त्यसको एक दिनअघि रिट फिर्ता लिइएको हो ।

अवकाशको मुखमा पुगेका एसएसपीसम्मका २१ जना प्रहरी अधिकृतहरूले रिट दायर गरेका थिए । अन्तरिम आदेशका कारण करिब ९० जना प्रहरी अधिकृतको जागिर लम्बिने सम्भावना देखिएको थियो । तर भ्याकेटले खारेज भएको केही दिनमै उनीहरूले अवकाश पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर