दुर्गा प्रसाईँ र दुई युट्युवरविरुद्ध साइबर क्राइममा पक्राउ पुर्जी
नेपाल प्रेस
२०८१ असोज २ गते १६:५८
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित ३ युट्युवरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो ।
स्रोतका अनुसार दुई युट्युवर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूकै युट्युवमा दुर्गा प्रसाईँले बोलेको विषयलाई लिएर उजुरी परेको स्रोतले बतायो ।
प्रतिक्रिया